Tumgik
#पोलिटव्युरो बैठक
samaya-samachar · 2 years
Text
एमालेको पोलिटव्युरो बैठक बस्दै
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने छ ।
नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने छ । बैठकमा शुक्रबार (भोलि) देखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटव्युरोलाई जानकारी गराउने छन् । आगामी मंसिर ४ गते निर्धारित प्रदेश र…
Tumblr media
View On WordPress
0 notes
itstacharya · 2 years

radiohimalayan · 2 years
Text
एमालेकोे पोलिटव्युरो बैठक आज
एमालेकोे पोलिटव्युरो बैठक आज
काठमाडौं, ०७ काठमाडौं । नेकपा एमालेले पार्टी पोलिटव्युरोको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने बताइएको छ । यता सत्तारुढ नेपाली काँग्रेसको मुख्यालयमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केही नेता तथा कार्यकर्ताले धर्ना दिएका छन् । उनीहरु दिउँसो १ बजेदेखि धर्ना बसेका थिए । पार्टी नेतृत्वले अनुचित र षड्यन्त्रपूर्ण ढंगबाट भ्रातृ संगठनमा सिण्डिकेट लागू गर्न खोजेको भन्दै उनीहरुले बिरोध जनाएका…
Tumblr media
View On WordPress
0 notes
mirrorkhabar · 5 years
Text
नेकपा सचिवालय बैठक आज, एकताको बाँकी काम टुङ्गो लाग्दै
नेपाल कम्युनिस्ट पार्टी नेकपाले एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आज सचिवालयको बैठक आव्हान गरेको छ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको सो दलले जनाएको छ ।
आज बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च…
View On WordPress
0 notes
onlinekhabarapp · 4 years
Text
नेकपा सचिवालय बैठक बस्दै, ओली भने उपस्थित नहुने
२३ मंसिर, काठमाडौं । कार्यकारी अधिकारप्राप्त भएपछि पार्टी पंक्तिलाई परिचालन गर्ने पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।
स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।
दुवै अध्यक्षबीचको परामर्शपछि महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई एसएमएसमार्फत बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाएका हुन् । कार्यकारी अधिकारसहितको अध्यक्ष भएपछि प्रचण्डले पहिलो बैठक पनि धुम्बाराहीमै राखेका थिए । त्यसबेला ओली अस्पतालमै थिए ।
नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराएका छन् । प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पारेका छन् । यसबारेमा पनि उनले ओलीसहित मुख्य नेताहरुसँग छलफल गरेका छन् ।
सोमबारको बैठमका उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ । अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो ।
उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये प्रतिनि���िसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।
भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको पराजयलाई नेकपाले समीक्षाको विषय बनाएको छ । त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको वडाध्यक्षको पराजय पनि नेकपालाई अप्रत्याशित बनेको छ । त्यहाँको हारबारे समीक्षा रिपोर्ट आएको छ ।
समग्र नतिजा भने नेकपाकै पक्षमा रहेको नेताहरुले बताएका छन् । सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारेमा पनि छलफल गर्नेछ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण कार्यान्वयन भएको छैन ।
प्रचण्डले यसअघि माधव नेपाललगायतका नेताहरुसँग पनि परामर्श गरेका छन् । नेपालले भने पोलिटव्युरो गठन गर्न प्रचण्डलाई सुझाएका छन् । तर अर्का अध्यक्ष ओलीले पोलिटव्युरो गठनमा रुचि देखाएका छैनन् ।
0 notes
onlinekhabarapp · 4 years
Text
खुमलटारमा नेकपा नेताहरूबीच परामर्श, के आउँदैछ प्रचण्डको प्रस्ताव ?
२२ मंसिर, काठमाडौं । पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै देशव्यापी अभियान चलाउन सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य नेताहरूसँग परामर्श तीव्र पारेका छन् । कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पहिलो वरीयताका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् ।
प्रचण्डले सोमबार सचिवालय बैठक डाकेका छन् । बैठकको पूर्वसन्ध्यामा प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेतासँग परामर्श गरेका छन् । आइतबार बिहानै वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । सोमबारको सचिवालय बैठकले स्थायी कमिटीको बैठक तोक्ने सम्भावना रहेको प्रचण्डलाई भेटेर फर्किएका नेता देवेन्द्र पौडेलले बताए । नेपाल पोलिटव्युरो गठनको प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
स्कुल विभागका उपप्रमुखसमेत रहेका नेता पौडेलको विभागका सदस्यहरूको नामावली र कार्यविधि टुग्याउन आग्रह गर्दै खुमलटार पुगेका थिए । महासचिव विष्णु पौडलसँग प्रचण्डले सोमबारको बैठकका एजेण्डाबारे छलफल गरेका छन् । नेकपाले ३२ विभागमा सदस्यहरू चयन गर्न बाँकी छ ।
सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले सदस्यहरूको नामावली सचिवालयमा पेस गर्ने भनिएको छ । ३५ सदस्यीय विभागमा पूर्वएमालेबाट २० र पूर्वमाओवादीबाट १५ जना रहने सैद्धान्तिक सहमति भएको नेकपा स्रोतले जनाएको छ ।
आसन्न स्थायी कमिटी बैठकबाट वामदेव गौतमलाई उपाध्यक्ष बनाउने एजेण्डा पनि रहेको नेकपा स्रोतले जनाएको छ । प्रचण्डले ओलीसहित सबै नेताहरूसँग छलफल गरी सरकार तथा पार्टीको पक्षमा अभियान चलाउन विशेष प्रस्ताव तयार पारिरहेको निकट स्रोतले जनाएको छ ।
सोमबारको बैठकमा उपचुनाव भएका स्थानहरूको समीक्षात्मक रिपोर्टमाथिसमेत छलफल हुने बताइएको छ । अघिल्लो सचिवालय बैठकले आइतबारसम्म रिपोर्ट पठाउन मातहत कमिटीलाई निर्देशन दिएको थियो ।
अध्यक्ष प्रचण्डले अब चाँडै सबै कमिटीका बैठक राखेर देशव्यापी रूपमा जनपरिचालन अभियान सञ्चालन गर्ने जानकारी नेताहरूलाई दिएका छन् । जनवर्गीय संगठनहरूलाई पनि एकीकरणको काम तत्काल टुग्याउन निर्देशन दिने तयारी छ ।
पार्टी एकता टुंगिन ढिला हुँदा तलसम्म कमिटीहरू निष्क्रिय भएको र कार्यकर्तामा समेत निराशा छाएकाले अब ढिला नगरी पार्टी देशव्यापी अभियानमा निस्किने उनले बताएका छन् ।
0 notes
onlinekhabarapp · 5 years
Text
नेकपा स्कुल विभाग प्रमुखमा ८ नेताको दाबी, सचिवालय बैठक सर्‍यो
२८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले मंगलबार बस्ने भनिएको बैठक बुधबार सरेको हो ।
सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गरेका छन् ।
सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार हुने महासचिव पौडेलले बताएका छन् । स्थायी कमिटी सदस्यहरुलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भ��रहेको छ । जुनियर केन्द्रीय सदस्यहरुलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह-इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ ।
स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियू, महिला संघ, मजदूर संगठन जस्ता ठूला जनसंगठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएका छन् । पौडेलले सो सुझाव अध्यक्षद्वय ओली र प्रचण्डलाई सुनाइदिएका छन् ।
Tumblr media
यो पनि पढ्नुहोस सचिवालयका नेतालाई विभागीय जिम्मेवारी नदिन नेकपामा दबाव
ती जनसंगठनका संयोजकहरु पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय तहसम्मका नेताहरु रहेकाले इञ्चार्ज माथिल्लो तहबाट पठाउनुपर्ने बाध्यतासमेत छ । नेकपा स्रोतका अनुसार संगठन विभाग, स्कूल विभागलगायतमा स्थायी कमिटी सदस्यलाई उपप्रमुखसमेत बनाउने सम्भावना छ ।
विशेष गरी केन्द्रीय सचिवालय सदस्य प्रमुख रहेका विभागमा स्थायी कमिटी सदस्यलाई उपप्रमुख बनाउन सकिने नेकपा स्रोतले जनाएको छ । तर बेदुराम भुसाल, टोपबहादुर रायमाझीलगायतका धेरै स्थायी कमिटी सदस्यहरुले सचिवालय सदस्यलाई विभागको जिम्मेवारीमा सीमित नगर्न सुझाव दिएका छन् ।
स्कुल विभागमा ८ को दाबी
यसैबीच नेकपामा स्कुल विभाग प्रमुखको दावी गर्ने नेताहरुको संख्या बढेको छ । यसअघि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबीका कारण टुंगिन नसकेको सो विभागमा झलनाथ खनालले पनि दाबी गरेका थिए । उनले आफूलाई स्कुल विभाग प्रमुख बनाइए जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
यता स्थायी कमिटीमा पनि करिब आधा दर्जन नेताहरुले स्कुल विभाग प्रमुखमा दाबी गरेका छन् । महासचिव पौडेलले संकलन गरेको मौखिक तथा लिखित सुझावका क्रममा युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले स्कुल विभाग प्रमुखमा रुचि देखाएका हुन् ।
यीमध्ये युवराज ज्ञवाली र बेदुराम भुसाल यसअघि नै तत्कालीन एमालेमा स्कुल विभाग प्रमुख भइसकेका नेता हुन् भने घनश्याम भुसाल तत्कालीन एमालेको स्कुल विभाग उपप्रमुख भइसकेका हुन् । माओवादीमा स्कुल विभागको अभ्यास नभए पनि कार्की र पौडेल वैचारिक नेता मानिन्छन् ।
ओलीले थाले परामर्श
पार्टीमा विभाग प्रमुखहरुको टुंगो लगाउनुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँग परामर्श थालेका छन् । अध्यक्ष प्रचण्डसहित माधव नेपाल, महासचिव विष्णु पौडेल र बामदेव गौतमलगायतका नेताहरुसँग ओलीले परामर्श थालेको बताइएको छ ।
विभाग प्रमुख र अन्य कार्य विभाजन टुंगो लगाउनुअघि पोलिटब्युरो गठन गर्न माधव नेपाल पक्षले अध्यक्षद्वय ओली र प्रचण्डलाई दबाव दिएको छ । पोलिटव्युरो गठनपछि मात्र पार्टीमा कार्यविभाजन गर्दा वरिष्ठता कायम हुने भएकाले यो माग गरिएको नेपालनिकट एक नेताले बताए ।
दुवै अध्यक्षले मंगलबार दिनभर आन्तरिक छलफल गरेपछि बुधवार सचिवालय बैठकले जिम्मेवारी बाँडफाँट टुंगो लगाउने छ । नेकपाले राजधानी विशेष प्रदेश कमिटी र प्रवास कमिटीसमेत गठन गर्ने भएको छ ।
0 notes
onlinekhabarapp · 5 years
Text
नेकपाको पोलिटब्युरो टुंगियो, पूर्वएमाले र माओवादीबाट को को ?
२७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगा��को छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको हो । अब प्रधानमन्त्री स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटव्यूरो सदस्यहरुको नाम लिष्ट पारित हुने नेकपा स्रोतले जनाएको छ ।
अध्यक्ष ओली भियतनाम र कम्बोडियाको भ्रमणबाट फर्केपछि स्थायी कमिटी बैठकमार्फत पोलिटव्युरो गठन र जनवर्र्गीय संगठन एकीकरण टुंगो लगाउने बारेमा छलफल भइरहेको एक नेताले बताए । केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्य विभाजन समेत प्रस्ताव हुनेछ । अध्यक्ष ओली फर्किएपछि बस्ने बैठकमा कार्य विभाजन, पोलिटब्युरो र जनवर्गीय संगठन एकीकरणको प्रस्ताव जाने सम्भावना रहेको महासचिव विष्णु पौडेलले बताए ।
प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किंदैछन् । सम्भव भएसम्म जेठ ३ गते पार्टी एकताको एक वर्ष पुगेका अवसरमा सबै काम सक्ने तयारी रहेको नेताहरुले बताए ।
मापदण्डले प्रदेश पदाधिकारी आउट !
नेकपाभित्र प्रदेश कमिटीका अध्यक्ष र सचिवहरुलाई पोलिटव्यूरो सदस्य बनाउने प्रस्तावमा सहमति नजुटेपछि मापदण्डमा पर्नेहरुमात्रै पोलिटब्युरो सदस्य बन्नेछन् । नेकपाको विधानमा कम्तिमा दुई कार्यकाल केन्द्रीय सदस्य भएकालाई मात्र पोलिटब्युरो सदस्य बनाउने व्यवस्था रहेकाले केही प्रदेश कमिटीका सचिव पोलिटब्युरो सदस्य बन्न पाएनन् ।
पोलिटब्युरो सदस्यको नाम समेत तय भइसकेकाले अब बैठकले अनुमोदन मात्र गर्न बाँकी छ । वरिष्ठताका आधारमा पोलिटव्यूरो सदस्य छान्दा प्रदेश कमिटीका कतिपय पदाधिकारी पनि समेटिन नसकेको एक नेताले बताए । प्रदेश ३ का सचिव आनन्द पोखरेलसहित केही पदाधिकारी पोलिटब्युरोमा नपर्ने भएका छन् ।
केही नेताले प्रदेश कमिटी अध्यक्ष र सचिवलाई स्वतः पोलिटब्युरोमा नपार्दा संगठन सञ्चालनमा समस्या हुने तर्क गरेका थिए । प्रदेश कमिटीमा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरु पनि रहन्छन् । प्रदेश सचिवले आफू भन्दा माथिल्ला कमिटीको नेतालाई नेतृत्व गर्न प्राविधिकरुपमा नमिल्ने तर्क गरिए पनि पार्टीमा सहमति हुन नसकेको स्रोतले जनाएको छ ।
पोलिटब्युरो गठनमा पनि पूर्व एमालेभित्र मापदण्डलाई लिएर अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच पटक–पटक छलफल भएपछि साबिक एमालेका पोलिटव्युरो सदस्यहरु स्वतः हुने र बाँकी सदस्य बरिष्ठताका आधारमा छान्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ । बरिष्ठताको मापन कतिपटक केन्द्रीय सदस्य बनेको भन्नेलाई बनाइएको छ । पार्टी एकताभन्दा अघि नै दुईपटक केन्द्रीय सदस्य भइसकेकाहरु मापदण्डमा परेका छन् ।
पूर्वमाओवादीमा भने कुनै मापदण्डले काम नगर्ने भएकाले तत्कालीन ९९ सदस्यीय सचिवालयका सदस्यमध्येबाट ६५ जना सदस्य छानिने सम्भावना छ । अन्य पार्टीबाट एकता प्रक्रियामा आएकाहरुलाई समेत पोलिटब्युरोमा लैजानुपर्ने अवस्थामा एकाध सदस्य दुवै पक्षबाट थपघट हुनसक्ने स्रोतले जनाएको छ ।
केन्द्रीय सदस्यको कार्य विभाजन
नेकपाका केन्द्रीय सदस्यहरुको कार्य विभाजन समेत प्रस्ताव गर्न लागिएको छ । कार्य विभाजन नहुँदा सांगठानिक काम हुन नपाएको तथा पार्टी कामले गति नलिएकाले कार्य विभाजन गर्न लागिएको हो । प्रदेश इञ्चार्ज, सहइञ्चार्जसहितका पदाधिकारी बाहेक केन्द्रीय कमिटीका अरु सदस्यको जिम्मेवारी तोकिएको छैन ।
अब केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरुले विभाग र भूगोलको जिम्मेवारी पाउनेछन् । दुवै अध्यक्षको परामर्शमा महासचिव पौडेलले कार्य विभाजनको प्रस्ताव तयार पार्ने भएका छन् ।
४४१ सदस्यीय केन्द्रीय कमिटीमा सबै सदस्यहरुलाई कम्तिमा एउटा कार्यक्षेत्रको जिम्मेवारी दिइने भएको छ । ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज गर्दा १६४ जना नेताको व्यवस्थापन हुनेछ । जिल्ला इन्चार्ज सकेसम्म पोलिटव्यूरो सदस्यलाई बनाइने र पोलिटव्यूरो सदस्य नभएको ठाउँमा केन्द्रीय सदस्यमध्येबाटै इन्चार्ज र सहइन्चार्ज बनाउने तयारी भइरहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
त्यस्तै पेशागत तथा विशेष जिल्ला कमिटीहरु र प्रवासका कमिटीहरुमा समेत केन्द्रीय सदस्यबाटै इन्चार्ज र सहइन्चार्ज तोकिने भएका छन् । यसअघि स्थानीय तहको इन्चार्ज समेत केन्द्रीय सदस्यलाई बनाउने भनिएकोमा अब जिल्ला तहबाट तलको इन्चार्ज केन्द्रबाट नपठाइने भएको छ ।
नेकपा स्रोतका अनुसार जिल्ला अध्यक्ष पूर्व एमाले भएको ठाउँमा इन्चार्ज पूर्व माओवादी र पूर्व माओवादी जिल्ला अध्यक्ष भएको ठाउँमा इन्चार्ज पूर्व एमालेबाट बनाइनेछ । यद्यपी कतिपय जिल्लामा यो मापदण्ड लागु नहुने एक नेताले बताए । इन्चार्ज र सहइन्चार्ज पनि पूर्व एमाले र पूर्व माओवादीको मिलाएर बनाउने तयारी छ ।
पोलिटब्युरोमा पूर्वएमालेबाट को को ?
साबिक एमालेबाट तत्कालीन पोलिटव्यूरको ५९ जना सदस्यबाहेक २३ जना नयाँ थपिने सम्भावना छ । केन्द्रीय सचिवालयमा रहेका नेताहरु केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र बिष्णु पौडेल स्वत पोलिटव्यूरो सदस्य हुनेछन् ।
त्यस्तै स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल र बिष्णु रिमाल पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।
अनुशासन आयोग, सल्लाहकार परिषद र लेखापरीक्षण आयोगका अध्यक्षहरु अमृत बोहोरा, केशव बडाल र पुष्प कँडले पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।
तत्कालीन एमालेको पोलिटव्यूरो सदस्य रहेका प्रदीप नेपाल, शेरधन राई, काशिनाथ अधिकारी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रवहादुर पाण्डे नेकपामा पनि पोलिटव्यूरो हुनेछन् ।
त्यस्तै यमलाल कँडेल, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, बिजय पौडेल, श्रीमाया थकाली, कर्णवहादुर थापा, गोकुल घर्ती, गोरखवहादुर बोगटी, गौरा कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादुर राना, वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, सत्रुघन महतो पोलिटव्यूरो सदस्य हुनेछन् ।
यी बाहेक पूर्वएमालेबाट बढीमा २३ जना सदस्य थपिनेछन् । दुईपटक भन्दा बढी केन्द्रीय सदस्य भइसकेका र पाँचांै महाधिवेशनकै केन्द्रीय सदस्य भए पनि हालसम्म पोलिटब्यूरोमा नपुगेहरुमध्येबाट ल्याउने सहमति नेताहरुबीच भएको छ । यसअघि पोलिटब्युरो सदस्य भएका, तर नवौं महाधिवेशनमा हारेकाहरु पनि सो मापदण्डमा परेका छन् ।
नेकपामा ०४९ सालअघि नै केन्द्रीय सदस्य भइसकेका घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, नरेश खरेल यसपटक पोलिटव्यूरोको सूचीमा परेका छन् । त्यस्तै यसअघि पोलिटव्यूरो सदस्य भएका तर एमालेको नवौं महाधिवेशनमा हारेका खगराज अघिकारी, कृष्णगोपाल श्रेष्ठ र धर्मनाथ साह पनि यसपटक पोलिटब्युरोमा प्रस्तावित छन् ।
यी बाहेक दुईपटक वा सो भन्दा बढी केन्द्रीय सदस्य भएकामध्येबाट कृष्णगोपाल श्रेष्ठ,गुरु बराल,भानुभक्त जोशी,बिजय सुब्बा, केशवलाल श्रेष्ठ, रामचन्द्र यादव, शेरवहादुर तामाङ, राजेन्द्र राई, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, जयन्ती राई, चूणामणि जंगली विश्वकर्मा, सुशीला नेपाल लगायतको नाम पनि पेश भएको छ ।
स्रोतका अनुसार डा.राजन भट्टराई, खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, गोमा देवकोटा, श्रीप्रसाद साह, चन्द्रवहादुर शाही, सुजिता शक्य, नजिर मिया लगायतका नेताहरुको नाममा पनि छलफल भएको छ ।
पोलिटब्यूरो सदस्य रहने सदस्यहरुको नामबारेमा एकसरो छलफल भए पनि अन्तिम टुंगो भने लागिनसकेको महासचिव पौडेलले बताए ।
पूर्वमाओवादीमा भद्रगोल
पूर्वमाओवादीबाट ६२ जना पोलिटव्यूरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्नेछन् । अरु नेताहरुलाई समेट्नेबारेमा प्रचण्डले छलफल छलफल गरेर तत्कालीन ९९ सदस्यीय सचिवालयभित्रबाट छानेका छन् ।
यसअघि माओवादीमा धेरै ठूला कमिटी रहेको र बिभिन्न पार्टीबाट आएकाहरुलाई पनि समेट्नुपरेकाले भद्रगोल अवस्था छ ।
सचिवालय र स्थायी कमिटीमा रहेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापाा बदल, टोपवहादुर रायमाझी, अमिक शेरचन, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देव गुरुङ, गणेश शाह पोलिटव्यूरो सदस्य हुनेछन् ।
त्यस्तै पम्फा भुसाल, लिलामणी पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, राम कार्की, हितमान शाक्य, चक्रपाणि खनाल, मणि थापा, जयपुरी घर्ती, नारायण शर्मा, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीनानाथ शर्मा र तिलक परियार पनि पोलिटब्यूरो सदस्य हुँदैछन् ।
त्यसैगरी पूर्वमाओवादीबाट हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, श्रीराम ढकाल, उर्मिला अर्याल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, नारायण दाहाल, पासाङ शेर्पा, परशुराम तामाङ, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कमला रोक्का, झक्कु सुवेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, सुर्य सुवेदी पथिक, अमृता थापा, कमल चौलागाई पनि पोलिटव्युरोमा प्रस्तावित छन् ।
यीबाहेक कालिबहादुर मल्ल, जोखबहादुर महरा, गणेशमान पुन, हरिराज अधिकारी, टंक आङ्बुहाङ, सुरेशुकमार राई, महेश्वर गहतराज, अञ्जना विशंखे, कृष्णध्वज खड्का, शिवकुमार मण्डल लगायतका नेता तत्कालीन माओवादीबाट पोलिटब्यूरो सदस्य बन्दैछन् ।
0 notes
onlinekhabarapp · 5 years
Text
नेकपाको पोलिटब्युरो टुंगियो, पूर्वएमाले र माओवादीबाट को को ?
२७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने भएको छ ।