Tumgik
#एलएमएस
academypediahi · 1 year
Text
एट्यूटर एलएमएस डेमो की खोज करें और वेबमिन के साथ उबंटू पर इसकी स्थापना में महारत हासिल करें
एट्यूटर एलएमएस क्या है ?   स्कूल, गैर-लाभकारी और व्यवसाय समान रूप से एक सीखने की प्रबंधन प्रणाली से लाभान्वित हो सकते हैं जो स्टाफ के सदस्यों को सलाह दे सकते हैं, छात्रों को उनके गृह कार्य के माध्यम से मार्गदर्शन कर सकते हैं, सभी के लिए प्रगति और सफलता का ट्रैक रख सकते हैं।   ATutor [...] https://is.gd/h9tJTO
Tumblr media
#business #communication #data #education #ict #information #intelligence #technology - Created by David Donisa from Academypedia.info
0 notes
trendingwatch · 2 years
Text
एबी डिविलियर्स समर्थित लास्ट मैन स्टैंड्स ने शौकिया क्रिकेट को बढ़ावा देने के लिए भारत में इंडिया सुपर लीग 2023 की शुरुआत की, शहर में फ्रेंचाइजी के अवसर खोले
एबी डिविलियर्स समर्थित लास्ट मैन स्टैंड्स ने शौकिया क्रिकेट को बढ़ावा देने के लिए भारत में इंडिया सुपर लीग 2023 की शुरुआत की, शहर में फ्रेंचाइजी के अवसर खोले
दक्षिण अफ्रीकी क्रिकेट के दिग्गज और रॉयल चैलेंजर्स बैंगलोर के पूर्व स्टार एबी डिविलियर्स भारत में दुनिया की सबसे बड़ी शौकिया टी20 क्रिकेट लीग, द लास्ट मैन स्टैंड्स (एलएमएस) इंडिया सुपर लीग 2023 का पहला संस्करण लॉन्च करने के लिए पूरी तरह तैयार हैं। दक्षिण अफ्रीका के पूर्व टेस्ट कप्तान एलएमएस के वैश्विक राजदूत हैं। शौकीनों के लिए फ्रैंचाइज़ी स्टाइल क्रिकेट टूर्नामेंट, जो सालाना आयोजित किया जाएगा,…
View On WordPress
0 notes
lok-shakti · 3 years
Text
लिंक्डइन ने विपणक के लिए नई प्लेटफॉर्म सुविधाएँ लॉन्च की
लिंक्डइन ने विपणक के लिए नई प्लेटफॉर्म सुविधाएँ लॉन्च की
Linkedin ने अपने उपयोगकर्ताओं के लिए नई सुविधाओं की एक श्रृंखला शुरू की है जो Linkedin Marketing Solutions (LMS पोर्टफोलियो) को जोड़ेगी। नई सुविधाएँ विपणक को “लंबे समय तक सामग्री के माध्यम से समुदाय-निर्माण का अभ्यास क��ने, लाइव इवेंट्स के साथ अधिक से अधिक पहुंच प्राप्त करने और अपने ब्रांड-निर्माण लक्ष्यों के खिलाफ मापने के तरीके को अनुकूलित करने” में सक्षम बनाएगी। यहां एक नजर उन नई सुविधाओं पर है…
View On WordPress
0 notes
420paki · 6 years
Text
ओ, मेरे दिल के चैन, ओ, मेरे दिल के चैन
चैन आए दील को दुआ कीजिए
1 note · View note
uttranews · 3 years
Text
पिथौरागढ़ (Pithoragarh) महाविद्यालय में विज्ञान सप्ताह शुरू
पिथौरागढ़ (Pithoragarh) महाविद्यालय में विज्ञान सप्ताह शुरू
पिथौरागढ़ सहयोगी, 22 फरवरी 2021एलएमएस महाविद्यालय पिथौरागढ़ में सोमवार को विज्ञान सप्ताह का आग़ाज़ हो गया। क्विज़ प्रतियोगिता के प्रथम चरण के आयोजन से हफ्ते भर चलने वाली प्रतियोगिताओं की शुरुआत हो गयी। सोमवार को बीएड सभागार में आयोजित क्विज़ के प्रथम चरण को ऑफलाइन देने विभिन्न संकायों से 40 प्रतिभागी पहुंचे, जिन्हें आधे घंटे का ��मय दिया गया। आधे घंटे में वैकल्पिक 30 प्रश्नों को पूरा करना था।…
Tumblr media
View On WordPress
0 notes
duisabda · 5 years
Text
सूचना प्रविधिमा उत्कृष्टताको खोजी
चौथो संस्करणको रुपमा सम्पन्न आईसीटी अवार्ड २०१९ मा विभिन्न दश विधामा अवार्ड वितरण गरिएको छ । मिडिया पर्सन आईसीटी अवार्डबाट कान्तिपुरका विजय तिमिल्सनालाई सम्मान गरिएको छ ।
Tumblr media
काठमाडौं । ६ भदाैं ।
विश्व यतिबेला सूचना प्रविधिको भविष्य रेखा कोर्नमा व्यस्त छ । विश्वका शक्तिशाली राष्ट्रहरू भविष्यमा यो क्षेत्रको नेतृत्व आफूले गर्ने दाउमा राजनीति गरिरहेका छन् भने शिक्षा, स्वास्थ्य, उत्पादन, व्यापारदेखि जनताको घर र दैनिकी सूचना प्रविधिमा आधारित भइरहेका छन् । ब्रह्माण्डको एउटा मुलुकको हैसियतले नेपालमा पनि विकसित नयाँ प्रविधिको प्रभाव पर्ने गर्छ । प्रविधिलाई अंगाल्दिनँ भन्ने छुट कसैलाई पनि नहुने अवस्था सिर्जना भइसकेको छ । विश्व बजारमा विकास भएको प्रविधि आयात गरेर भित्र्याउने वा स्वदेशमै प्रविधि विकास गर्ने भन्ने मात्र विकल्प छ । यस्तोमा स्वदेशमै प्रविधि विकास गर्ने व्यक्ति, कम्पनी, संस्था वा निकायहरूको स्थापना र प्रवद्र्धन अपरिहार्य बनेको छ । 
काम गर्नेलाई प्रोत्साहनले थप बल पुग्छ । तर, स्वतन्त्र हिसाबले मूल्यांकन गरेर मात्र कामलाई प्रोत्साहन गर्नु भने चुनौतिपूर्ण काम हो । यही चुनौतीपूर्ण काम गरेको छ, लिभिङ विथ आईसिटी म्यागेजिनले वर्षेनी आईसीटी अवार्डको आयोजना गरेर । र, यो काममा साथ दिएका छन् दर्जनौं सरकारी तथा गैरसरकारी निकायहरूले ।
अवार्डका लागि छुट्टै समिति बनाइएको थियो भने ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित सम्पन्न अवार्ड कार्यक्रमका विजेतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत लगायतका अतिथिले ‘सरकारले गर्ने काम निजी क्षेत्रले गरेको’ भन्दै उच्च प्रसंशा गरे । 
जुरी सदस्यमध्येका एक नेपाल प्रविधि पत्रकार मञ्चका अध्यक्ष विश्वास रेग्मी भन्छन्, “निष्पक्ष रुपमा गरिने अवार्ड छनोट प्रक्रिया र आयोजकले सरोकारवालालाई यसको महत्वका बारेमा पारेको प्रष्टताले आईसीटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने छरिएर रहेका निकायहरूलाई भावनात्मक हिसाबले जोड्ने कसी बनिरहेको छ ।” चौथो संस्करणको रुपमा सम्पन्न आईसीटी अवार्ड २०१९ मा विभिन्न दश विधामा अवार्ड वितरण गरिएको छ । मिडिया पर्सन आईसीटी अवार्डबाट कान्तिपुरका विजय तिमिल्सनालाई सम्मान गरिएको छ । बाँकी अवार्डहरू यस्ता छन्ः
स्टार्टअप आईसीटी अवार्डः ई डिजिटल नेपाल
सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ सोच लिएर स्टार्टअप कम्पनीहरू आइरहेका छन् । गएको एक वर्षभित्र स्थापित स्टार्टअप मध्ये उत्कृष्ट स्टार्टअपको नाम हो ई डिजिटल नेपाल प्रालि । वैशाख २०७५ देखि आएको यो स्टार्टअपको मुख्य कार्यालय काठमाडौंमा छ भने प्रदेश १ को इटहरीमा शाखा कार्यालय रहेको छ । यसले शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणाली र डिजिटल सूचना व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्ने उद्देश्य रहेको कम्पनीले शिक्षण संस्थामा सफ्टवेयरबाट विद्यार्थी व्यवस्थापन गर्न सहज बनाउँछ ।
प्रडक्ट आईसीटी अवार्डः मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
हस्पिटल प्रणालीलाई अटोमेट गर्न सघाउने आईटी कम्पनी मेडिफ्लो सोलुसन्स प्रालिको उत्पादन हो मेडिफ्लो सिस्टम एण्ड सर्भिसेस । सन् २०१९ को जनवरीमा सुरु भएको ‘मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस’ ले हस्टिपलको प्रशासनिक व्यवस्थापनलाई डिजिटल बनाउँछ भने विभिन्न मोड्युलहरूलाई एकीकृत गरेर इलेक्ट्रोनिकल मेडिकल रिपोर्ट तयार पार्ने काम गर्दछ । बिरामीको क्लिनिकल डाटालाई इलेक्ट्रोनिक वा क्लाउड सिस्टममा रेकर्ड राख्ने र आवश्यक परेको बेला तुरुन्तै डाटामा पहुँच राख्न सकिने यसको सेवा रोगी वा बिरामीका लागि मात्रै नभइकन स्वास्थ्य संस्थाहरू लक्षित छ । मोबाइल एप्लिकेशनबाटै आफूलाई चाहिने जानकारी र अपडेट लिन पाइने सुविधा छ ।
स्टुडेन्ट प्रोजेक्टः रक्तदान एप्लिकेसन
पुल्चोक क्याम्पसका एलेक्स भट्टराई, अनिश दुलाल, मितेश पाण्डे, निशेष वाग्ले र विवेक तिमल्सिनाले बनाएको प्रोजेक्ट हो, रक्तदान । यो क्रस प्लाटफर्म एप्लिकेशन हो जसले रक्तदानसम्बन्धी विद्यमान समस्याको छिटो र छरितो हिसाबले समाधान गर्ने उद्देश्य राखेको छ । यो प्लाटफर्ममा रियल टाइम लोकेशन डाटाबेस अपडेट गरिएको हुनाले कुन मानिस (रक्तदाता) कहाँ छ भनेर रेडियस बेस्ड सर्च गर्न सकिन्छ । ब्लड ग्रुपको नाम सर्च गरिसकेपछि आफ्नो वरिपरी कोको इच्छुक रक्तदाता रहेका छन्, त्यो जानकारी यो एपले दिन्छ । रक्तदान गरेका व्यक्तिहरूले रेस्पेक्ट प्वाइन्ट पाउँछन् भने प्राथमिकताको आधारमा हेल्थ सर्भिसका लागि कुपन पाउँछन् ।
पायोनियर आईसीटी अवार्डः महावीर पुन
महावीर पुन सूचना प्रविधिका क्षेत्रमा सम्मानपूर्वक लिइने नाम हो । अमेरिकामा स्नातकोत्तर पढेका पुन २७ वर्षदेखि प्रविधिलाई मुख्य आधार बनाएर सामाजिक सेवामा क्रियाशील छन् । वायरलेसका सञ्जाल बनाएर गाउँगाउँमा इन्टरनेट पु¥याउने र इन्टरनेट प्रयोग गरेर ग्रामीण बासिन्दाहरूलई सूचना प्रविधिसँग परिचित गराउने जस्ता काममा लागेका पुन एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे अवार्ड प्राप्त व्यक्ति हुन् । पछिल्लो समय नेपालमा राष्ट्रिय आविष्कार केन्द्रमार्फत प्रविधि विकासको क्षेत्रमा काम गरिरहेका पुनले काम सुरु भएको १८ महिनामा अहिले २५ बढी प्रडक्टहरू तयार गरिरहेका छन् । औषधी बोक्ने ड्रोन, बाँदर धपाउने मेसिन, विषादी छुट्याउने उपकरण, रोटी बनाउने मेसिनदेखि कोल्ड स्टोर प्रविधि, इलेक्ट्रिक गाडी र बिजुली निकाल्ने नयाँ प्रविधिसम्म काम भइरहेको छ । केन्द्र विज्ञान, प्रविधिसँग मात्रै केन्द्रित नभई कृषि, पर्यटन, जलविद्युतसहित नेपालमा उत्पादन हुने सबै उत्पादनमा केन्द्रित रहने छ । यो अवार्ड लिएसँगै पुनले अवका दिनमा कुनै पनि अवार्ड नलिने र नदिन आग्रह गरेका छन् । अवार्डको भारीले अगाडि बढ्न ढिलाइ हुने भएकाले कामलाई गति दिन अवार्ड वितरण कार्यक्रममा आउन नपाउने भएकाले आफूले अबदेखि पुरस्कार र सम्मान नलिने सार्वजनिक रुपमा घोषणा गरेका छन् ।
इन्टरप्रेनरसीप आईसीटी अवार्डः अमित अग्रवाल
यो वर्षको इन्टरप्रेनरसीप अवार्ड पाएका छन् खल्ती मोबाइल वालेटको नेतृत्व गरिरहेका अमित अग्रवालले । जानकी टेक्नोलोजी प्रालिको सफल उत्पादन स्पारो एसएमएस, पिकोभिकोपछि नयाँ र सफल प्रोजेक्टमा पर्छ खल्ती । कम्पनीका सिइयो अग्रवाल प्रविधि क्षेत्रका एक उदाउँदा उद्यमी हुन् । मनिष मोदीको परिकल्पनामा बनाइएको खल्ती मनिष मोदी, अरबिन साह, ध्रुव अधिकारी र अमित अग्रवालसमेतको टिमले चलाइरहेको छ । खल्तीमा दुई वर्षको अवधिमा आठ लाखले लगइन गरेका छन् । वीरगन्ज र धनगढीमा यसको शाखा छ भने देशभर आठ हजार सटर तथा पसलबाट सेवा चलिरहेको छ । जानकीमा अहिले ८० जना कर्मचारी कार्यरत छन् ।
डिजिटल एजुशेसन आईसीटी अवार्डः नेपाल खुल्ला विश्वविद्यालय
२०७३ सालमा नेपाल सरकारले संसदबाट पारित गरेसँगै खुल्ला भएको खुला विश्वविद्यालय समय नहुने, नियमित कलेज गएर अध्ययन गर्न नसक्ने र धेरै वर्ष पढाई छोडेर बसेकाहरूको लागि पनि बरदान सावित भएको छ । घरमै बसेर बेलुकीको समयमा अलाइनबाट पढ्न सकिने व्यवस्था रहेको विश्वविद्यालयमा डिप्लोमादेखि एमफिलसम्मका एक दर्जन बढी कोर्सहरू सञ्चालनमा रहेका छन् । इएमआइएस, एलएमएस र लाइभ क्लासमार्फत यो विश्वविद्यालयका कोर्सहरू सञ्चालनमा रहेका छन् । हाल १ हजार ३२ जना विद्यार्थीहरू अहिले खुल्ला विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् ।
नेपाली डायस्पोरा आईसीटी अवार्डः डा. समीर मास्के
डा. समीर मास्के आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विभिन्न सोलुसन्स प्रदान गर्ने कम्पनी फ्युज मेसिनका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत हुन् । एजुकेसन, सफ्टवेयर र सर्भिसको माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्सलाई डेमोक्रटाइज गर्ने अभियन्ताको रुपमा काम गरिरहेका मास्केले ५ वर्षअघि फ्युज मेसिन नामक कम्पनी सुरु गरि हाल अमेरिकासहित क्यानडा, नेपाल, डोमिनिक रिपब्लिक, रुवान्डा र अन्य अफ्रिकि देशहरूमा कार्यालय तथा एआई रिसर्च सेन्टर विस्तार गरेका छन् । बिमा उद्योग, कार, डेलिभरी सर्भिसेस, मेडिकल फिल्डमा एक्सरेबाट केके समस्या छ पत्ता लगाउने काममा आफ्ना प्रडक्ट प्रयोग भइरहेको छ ।
डिजिटल गभर्नेन्स आईसिटी अवार्डः लोकसेवा आयोग
आईसीटी विधामा सूचना प्रविधिलाई उच्चतम प्रयोग गरि जनतालाई सेवा दिने निकायलाई गरिने सम्मान डिजिटल गभर्नेन्स आईसीटी अवार्ड लोक सेवा आयोगले पाएको छ । सूचना प्रविधिको सहि प्रयोगबाट आयोगले प्रादेशिक कार्यालयहरू थोरै कर्मचारीको भरमा पनि व्यवस्थित गरेको छ । सम्पूर्ण परिक्षा फारम अनलाइनबाटै बुझाउन सकिने, परिक्षा शुल्क तथा दस्तुर समेत अनलाइनबाट बुझाउन मिल्नेजस्ता सुविधा दिइरहेको आयोगमा करिब ९ लाख परिक्षार्थीहरूले आफ्नो विवरण अनलाइन बुझाइसकेका छन् ।
पब्लिक च्वाइस अवार्डः किताब यात्रा
यो वर्षको आईसीटी अवार्ड अन्तर्गत पब्लिक च्वाइस अवार्ड सन् २०१७ सालमा स्थापना भएको किताब यात्रा डटकम अनलाइन बुक स्टोरलाई प्राप्त भएको छ । विभिन्न विधाका पुस्तकहरू अनलाइनबाट सोझै खरिद गर्न सकिने किताब यात्राले नेपाल र नेपाल बाहिर पनि पुस्तक वितरण गर्ने गर्छ । अहिलेसम्म ११ हजार बढीले किताब यात्राबाट किताब किनिसकेका छन् भने दैनिक ३०० सम्म किताब अर्डर भइरहेको छ । कम्पनीले किताबमात्र नबेचेर विभिन्न संस्थाहरू, जेल र स्थानिय निकायहरूमा समेत ईलाइब्रेरी सहितको कन्सेप्टमा कर्पोरेट लाइब्रेरीको काम गरिरहेको छ ।
काराेबार दैनिकमा  शुक्रवार, भदौ ६, २०७६ मा प्रकाशित
0 notes
shimlatimes · 7 years
Link
0 notes
shimlatimes · 7 years
Link
0 notes
shimlatimes · 7 years
Link
0 notes
shimlatimes · 7 years
Link
0 notes