Tumgik
#एन्टी डोपिङ
gothalokhabar · 2 years
Text
विश्व एन्टी डोपिङ एजेन्सीको नेतृत्व पुनः दोहोरियो
विश्व एन्टी डोपिङ एजेन्सीको नेतृत्व पुनः दोहोरियो
मोन्ट्रियल,  ३ मङ्सिर । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले शुक्रबार अध्यक्ष विटोल्ड बान्का र उपाध्यक्ष याङ याङको पुनः दोस्रो तीन वर्षको कार्यकालका लागि निर्वाचित भएको पुष्टि गरेको छ । वाडाको कार्यकारी समिति र फाउन्डेसन बोर्डले नोभेम्बर १७ र१८ मा एजेन्सीको मुख्यालय, मोन्ट्रियल, क्यानडामा भेला भएको र यसको शीर्ष नेतृत्वको पुनः चयन  गरेको बताएको छ ।   सो भेलामा नेतृत्व चयनका अतिरिक्त अन्य थुप्रै…
Tumblr media
View On WordPress
0 notes
reportersnepal · 4 years
Text
रुसलाई चार वर्ष खेल प्रतिबन्ध
रुसलाई चार वर्ष खेल प्रतिबन्ध
रुसमाथि अबको चार वर्ष कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लागेको छ । विश्व एन्टी डोपिङ एजेन्सीले सोमबार रुसमाथि प्रतिबन्धको निर्णय लिएको हो ।
प्रतिबन्धका कारण रुसले सन् २०२० मा जापानमा हुने ओलम्पिक, सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबललगायत चारवर्षभित्र हुने खेलकुद प्रतियोगिता खेल्न प्रतिबन्ध लागेको छ । विश्व एन्डी डोपिङ एजेन्सीको कार्यसमिति बैठकले रुसमाथि कठोर निर्णय लिएको हो ।
रुसी…
View On WordPress
0 notes
onlinekhabarapp · 4 years
Text
राखेप बोर्ड सदस्यले लिए शपथ
१ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको हलमा सोमबार भएको एक कार्यक्रममा ६ जना बोर्ड सदस्यले शपथ लिएका हुन् । युवा तथा खेलकुदमन्त्री तथा राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले उनीहरुलाई शपथ खुवाएका हुन् ।
नयाँ ऐनअनुसार बोर्डमा नियुक्त भएका रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठले शपथ लिएका हुन् ।
रानाभाट र निराला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट सदस्य मनोनित भएका हुन् भने राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ मनोनित भएका हुन् ।
यस्तै परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी गोविन्दप्रसाद भट्टराईलाई बोर्ड सदस्यमा मनोनयन गरिएको हो।
युवा तथा खेलकुदमन्त्री विश्वकर्माले साउन १५ गते विभिन्न क्षेत्रबाट ६ जनालाई बोर्��� सदस्यमा मनोनयन गरेका थिए । त्यसको दुई साताभन्दा लामो समयपछि मात्रै उनीहरुले शपथ लिएका हुन् ।
बोर्ड सदस्यहरुलाई शपथ गराएपछि मन्त्री विश्वकर्माले छिटै बोर्डका बाँकी सदस्यहरु पनि नियुक्त गर्ने र बोर्डले पूर्णता पाउने बताए । उनले नयाँ खेलकद ऐनअनुसार र सदस्यहरु नियुक्त हुने बताए । सदस्य नियुक्तिका लागि तयारी भइरहेको उनको भनाइ छ ।
नयाँ खेलकुद ऐनअनुसार राखेप ३७ सदस्यीय हुनेछ । जसमा नेपाल सरकार क्याबिनेटले पनि ९ सदस्य मनोनयन गर्नेछ ।
युवा तथा खेलकुदमन्त्री विश्वकर्माले लामो समयदेखि खेलकुद क्षेत्रमा देखिएको समस्या र विकृतिहलाई सुधार गर्न नयाँ ऐनले मार्गनिर्देशन गर्ने बताए ।
0 notes
onlinekhabarapp · 4 years
Text
१३औं सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ
२८ साउन, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।
नेपालमा गत मंसिरमा भएको १३औं सागमा १०० मिटर हर्डल्समा स्वर्ण जितेका मुहम्मद नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका मेहबुब अलीको स्याम्पल ए टेष्टमा पोजेटिभ भेटिएको थियो ।
यस्तै वाडाले स्याम्पल बी टेष्टको लागि आग्रह गर्दा दुवै जनाको फेरि पोजेटिभ देखिएको र खेलाडीहरुले पनि त्यसलाई स्वीकारेको हुँदा दुवै खेलाडी २०१९ डिसेम्बर २ देखि २०२३ डिसेम्बर २ सम्को लागि निल्मबन गरिएको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै उनीहरुको मेडल पनि खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको र कतारको एन्टी डिवङ ल्याबमा टेष्ट गरिएको थियो ।
यस्तै १०० मिटर दौडमा कांस्य जितेका सामी उल्लाहको पनि स्याम्प ए टेष्टमा पोजेटिभ आएको र तर स्याम्पल बी टेष्ट भने गरेका छैनन् ।
0 notes
onlinekhabarapp · 4 years
Text
राखेप सदस्यमा रानाभाट र निरौलासहित ६ जना मनोनीत
१५ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यमा  ६ जना मनोनीत भएका छन् ।  युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विश्वकर्माले बिहीबार खेलकुदको विभिन्न क्षेत्रबाट ६ जनालाई राखेप सदस्यमा मनोनीत गरेका हुन् ।
नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राखेपमा पनि सदस्यहरु नियुक्त गर्ने प्रकिया सुरु भएको हो । मन्त्री विश्वकर्माले २०७७ को दफा ३ उपदफा २ (थ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गरिएको छ।
यस्तै, दफा ३ उपदफा २ (ढ) अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेको छ।
सोही उपदफाको (त) बमोजिम परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुनेगरी गोविन्दप्रसाद भट्टराईलाई मन्त्री विश्वकर्माले मनोनयन गरेका हुन् ।
साथै अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको मनोनयनलाई पूर्णता दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
रिम रानाभाट र इन्दिरा निरौला यसअघि राखेपको सदस्य सचिव सिफारिस समितिमा खेलकुद विज्ञको रुपमा थिए ।
त्यही समितिले सिफारिस गरेको तीन जनामध्ये एक जना रमेश कुमार सिलवाललाई नेपाल सरकारले सोमबार सदस्य सचिवमा नियुक्त गरेको थियो । यस्तै शिव कोइरालाई सरकारले राखेपको उपाध्यक्षमा मनोनित गरेको छ । सिलवाल र कोइरालाले बुधबार सपथ ग्रहण गर्दै त्रिपुरेश्वरस्थित राखेपमा पदभार ग्रहण समेत गरिसकेका छन् ।
युवा तथा खेलकुदमन्त्री अध्यक्ष रहेको परिषदमा खेलकुद मन्त्रालयका सचिव र मन्त्रालयका खेलकुद महाशाखा प्रमुख पनि सदस्यको रुपमा रहनेछन् ।
नयाँ ऐन अनुसार ३७ सदस्यीय राखेप सदस्यमा अहिलेसम्म ११ जना पुगेको छ ।
0 notes
onlinekhabarapp · 4 years
Text
खेल संघहरुले पनि एन्टी डोपिङ नियम बनाउनुपर्ने
२४ असार काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफूसंग आबद्ध रहेका विभिन्न खेल संघले आफैं एन्टी डोपिङ नियम बनाउनुपर्ने जनाएको छ ।
बुधबार विभिन्न खेल सं‌घहरुसँग गरिएको छलफलमा एनओसीका अधिकारीले वर्ल्ड एन्टी-डोपिङ संहिताको दफा १८ अनुसार सबै राष्ट्रिय संघहरुले सन् २०२१ सम्म आफ्नै एन्टी डोपिङ नियम बनाउनुपर्ने बताएका हुन् ।
एनओसीका मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले २७ खेल संघका अध्यक्ष र महासिचवलाई २०२० अगष्ट १५ सम्ममा आ-आफ्नो एन्टी डोपिङ नियमहरु बुझाउन भनेका छन् ।
२०२१ देखि, नयाँ एन्टी डोपिङ नियमबिना राष्ट्रिय खेल संघले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नपाउने पनि एनओसीले जनाएको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले यसलाई सकारात्मक र गम्भीरताका साथ लिनुपर्ने बताए । खेलाडीले निषेधित पदार्थ खाइरहेको भए सतर्क हुनुपर्ने पनि उनले बताए ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले नयाँ एन्टी डोपिङ नियम बनाउन कुनै सहयोग आवश्यक भएमा नेपाल ओलम्पिक कमिटी, मेडिकल कमिसन र एनओसी कर्मचारीहरूले सहयोग गर्न समेत बताए ।
0 notes
onlinekhabarapp · 4 years
Text
सागमा पदक जित्ने पाकिस्तानका तीन खेलाडी डोपिङ परीक्षणमा असफल
१३ जेठ, काठमाडौं । गत मंसिरमा नेपाल भएको १३औं सागमा पदक जित्ने पाकिस्तानका तीन खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।
डोपिङ टेष्टमा उनीहरुको टेष्ट पोजेटिभ देखिएको पाकिस्तान एम्याचोर एथ्लेटिक्स फेडेरेसनको विश्वस्थ स्रोतले जनाएको भारतीय अनलाइन टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
डोपिङ टेष्टमा असफल भएका तीन खेलाडीलाई अब ४ वर्षसम्मको प्रतिबन्ध लाग्न सक्छ ।
ट्रयाक एण्ड फिल्ड अन्तर्गत ११० मिटर हर्ड्लसमा स्वर्ण जितेका मोहम्मद नइम ४०० मिटरमा स्वर्ण जितेमा मेहबुब अली र १०० मिटरमा कास्य जितेका समी उल्लाह डोपिङ परीक्षणमा असफल भएको समाचारमा उल्लेख छ ।
फेडेरेसनले पछिल्लो पटक प्राप्त गरेको डोपिङ टेष्टमा तीनै जनाको टेष्ट पोजेटिभ देखियो । स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
वर्ल्ड एन्टी डोपिङ एजेन्सी नाडाको नियमअनुसार प्रकियाअघि बढाइने र खेलाडीलाई आफूलाई निर्दोष सावित गर्ने अवसर दिइनेछ । यदि त्यसमा खेलाडीहरु असफल भए ४ वर्षसम्मको प्रतिवन्ध हुन सक्ने जनाइएको छ ।
नेपालमा भएको १३औं सागमा पाकिस्तानले ३२ स्वर्णसहित १३२ स्वर्ण जितेको थियो । पर्याप्त ट्रेनिङ नहुँदा पनि पाकिस्तानले हासिल गरेको उपलब्धिलाई सन्तोषजनक मानिएको थियो ।
0 notes
onlinekhabarapp · 4 years
Text
एसिया तेक्वान्दोको स्ट्यान्डिङ कमिटीमा २२ नेपाली
काठमाडौं । विश्व तेक्वान्दो एसिया स्ट्यान्डीङ कमिटीले आफ्ना विभिन्न उमसमितिमा २२ जना नेपालीलाई चयन गरेको छ । नेपाल तेक्वान्दो संघले गरेको सिफारिसको आधारमा उनीहरुलाई कमि६मा चयन गरिएको संघले जनाएको छ ।
जसअनुसार नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी सल्लाहाकार कमिटीमा चयन भएका छन् । यसैगरी अन्य उपाध्यक्षहरु हरिश्वर पोख्रेल इथीक कमिटीमा, भोजबहादुर शाह शिक्षा कमिटीमा, नन्दकुमार राई न्यायिक कमिटीमा, दिलबहादुर वली नेतृत्व कमिटीमा र भानुबहादुर चन्द मार्केटिङ कमिटीमा चयन भएका छन् ।
यस्तै कोषाध्यक्ष कसिम मिया धोवी पारा ओलम्पिक कमिटीमा, मुख्य प्रशिक्षक तथा संघका सचिव नविन कुमार श्रेष्ठ ग्योरोगी कमिटीमा र सह कोषाध्यक्ष सुमन कुमार घले आर्थिक कमिटीमा रहेका छन् ।
यसैगरी डा. सरोजकृष्ण श्रेष्ठ एन्टी डोपिङ तथा मेडिकल कमिटीमा र संघका सचिव दिपक विष्ट एथलेटिक्स कमिटीमा छन् ।
सहायक मुख्य प्रशिक्षक संगीना बैद्य क्याडेट कमिटीमा, श्रीमान थापा मगर प्रशिक्षक कमिटीमा, भरत मर्हजन कोलिगेट कमिटीमा र कविराज खड्गी विकास कमिटीमा रहेका छन् ।
हिराबहादुर थापा खेल कमिटीमा, हेमन्त डाँगी मिडिया कमिटीमा, मिन न्यौपाने पुम्से कमिटीमा, टिका प्रसाद लिम्बू सस्टेबेनलीटी कमिटीमा, नोर्बु लामा प्राविधिक कमिटीमा, नन्दा बस्याल महिला कमिटीमा र कोशिष बहादुर खड्का युवा कमिटीमा चयन भएका हुन् ।
विभिन्न कमिटीमा चयन हुनेलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा बिहिबार प्रमाणपत्र वितरण गरे ।
0 notes
onlinekhabarapp · 4 years
Text
चिनियाँ पौडीबाज याङलाई ८ वर्षको प्रतिबन्ध
तीन पटक ओलम्पिक स्वर्ण विजेता चिनियाँ पौडीबाज सन याङलाई ८ वर्षको प्रतिबन्ध लगाइएको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को अपिललाई स्वीकार गर्दै याङलाई ८ वर्षको प्रतिबन्ध लगाएको हो ।
२०१८ को सेप्टेम्बरमा डोपिङ टेष्टमा परे यता याङले खेलेका छैनन् ।
चाइना स्वीङ एसोसिएसन र फिनाले २८ वर्षीय याङले कुनै पनि एन्टी डोपिङ नियम नतोडेको जनाएको थियो । तर वाडाले त्यसको विरुद्ध कासमा अपिल गरेपछि कासले प्रतिबन्ध सुनाएको हो ।
याङले दोस्रो पटक नियम उल्लंघन गरेको पाइपछि उनलाई ८ वर्षको प्रतिवन्ध लगाइएको हो । यसअघि सन् २०१४ मा प्रतिवन्धित ओषधि प्रयोग गरेकोले उनलाई ३ महिनाको प्रतिबन्ध लगाइएको थियो ।
सन याङले सन् २०१२ को लण्डन ओलम्पिकमा ४०० मिटर फ्रिस्टायल र १५०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेका थिए । यस्तै २०१६ को लण्डन ओलम्पिकमा २०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेका थिए ।
0 notes
onlinekhabarapp · 4 years
Text
साग आयोजनाको खर्च ३ अर्ब, उद्घाटन र समापनमा १५ करोड
२६ मंसिर, काठमाडौं । नेपालले आयोजना गरेको १३ दक्षिण एसियाली खेलकुद (साग) का लागि अनुमानित ३ अर्ब रुपैयाँ खर्च भएको छ । यो खेलकुद पूर्वाधार र खेलाडीलाई घोषित पुरस्कारबाहेकको रकम हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालका अनुसार सागको व्यवस्थापकीय खर्चका लागि सरकारले ३ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको थियो । यसबाट करिब ३ अर्ब खर्च भएको उनले बताए । किफायती तरिकाले खर्च गरिएकोले विनियोजित बजेट उब्रेको पनि उनले बताए ।
परिषदले आगामी ९० दिनभित्र सागमा भएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नेछ । सिलवालले भने, ‘मैले शुरुमै प्रतिवद्धता जनाएको थिएँ, हामी एक–एक रुपैयाँको हिसाब सार्वजनिक गर्छौं । त्यो प्रतिवद्धता पूरा गर्नेछु ।’
नेपालले यसपटक सागको उद्घाटन र समापन कार्यक्रम भब्य बनाउन कुनै कसर बाँकी राखेन । यसका लागि अनुमानित १५ करोड रुपैयाँ खर्च भएको परिषदको भनाइ छ ।
सदस्य सचिव सिलवालका अनुसार यी दुई इभेन्टका लागि १ महिनादेखि करीव १८ हजार कलाकार, विद्यार्थी, सुरक्षाकर्मी खटिएका थिए । उनीहरुलाई दैनिक ५/६ घण्टा उभ्याउँदा खाजा खर्चको जोहो परिषद्ले गरेको थियो । सांस्कृतिक झाँकीहरुका लागि कलाकारले करीव १ महिनासम्म तयारी गरेका हुन् ।
सागमा करिब ५ हजारको संख्यामा विदेशी पाहुना नेपाल आएका थिए । विदेशी टोलीमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संचारकर्मी तथा उच्च पदस्थ अधिकारीहरु थिए । उनीहरुका लागि आयोजकले काठमाडौं, पोखरा र जनकपुरमा गरी करीव २२ सय वटा कोठा बुक गरेको थियो । पाहुनाको आवास र खानपिनमा ठूलो रकम खर्च भएको छ । यसको हिसाब परिषद्ले अझै निकालिसकेको छैन । यातयातमा पनि उत्तिकै खर्च भएको छ ।
फरक–फरक स्थानमा खेल भएका कारण खेलाडी तथा व्यवस्थापकलाई आयोजककै खर्चमा यातायातको व्यवस्थापन गर्नुपर्छ । सुरक्षाकर्मीको परिचालनमा पनि ठूलो खर्च हुने गरेको छ । यसका साथै विभिन्न विधाका खेलाडीहरुको करीव ५ महिना अगाडिदेखिको प्रशिक्षणको खर्च समेत यसमा जोडिने छ ।
४२ करोडका खेलसामग्री
सागमा करिब ४२ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद भएको छ । यसभित्र पोशाकदेखि खेलाडीका लागि आवश्यक सरसामग्री पर्छन् । कम्प्यूटर तथा इलेक्ट्रिक सामग्रीसमेत यसै प्रयोजनमा खरिद गरिएको थियो ।
५ करोडको मेडिकल
सागमा खेलाडीको आकस्मिक उपचारका लागि मेडिकल तथा डाक्टर र नर्स खटाइएको थियो । हरेक खेल आयोजना हुने इभेन्टमा मेडिकल टोली तैनाथ हुनुपर्छ । यसका लागि मात्र करीव ५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
४ करोडमा एन्टी डोपिङ
यस प्रकारका खेल मेलामा डोपिङलाई निकै प्राथमिकता दिने गरिन्छ । किनकी यी प्रतियोगितालाई अन्तर्राष्ट्रिय निकायले समेत नियमन गरिरहेको हुन्छ । एन्टी डोपिङ प्रयोजनका लागि मात्र सागमा ४ करोड रुपैयाँ खर्च भएको छ ।
पदक खर्च प्रयोजकबाट
हरेक विधाका खेलमा तीन उत्कृष्ट खेलाडीलाई आयोजकले स्वर्ण, रजत र काश्य पदक प्रदान गर्छ । यस्तो मेडल खर्चको जोहो भने यसपटक प्रायोजकबाट भएको छ । सदस्यसचिव सिलवालका अनुसार यस पटक करिव १० करोड रुपैयाँ बराबर रकम प्रायोजकबाट उठेको छ । यो रकमले मेडल बनाउने खर्च भने धानेको छ ।
पूर्वाधार निर्माण र पुरस्कारमा अलग्गै खर्च
सरकारले बुधबार मात्र खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । यसको कूल राशी करीब पौने अर्ब पुग्छ । यो रकम सागको व्यवस्थापन बाहेकको हो ।
अर्कोतर्फ सरकारले चालु आवको बजेटमै सागको तयारीका सिलसिलामा पूर्वाधारमा बजेट छुट्याएको थियो । युवा तथा खेलकुद मन्त्रालयको तथ्यांकअनुसार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजनामा पूर्वाधार निर्माणतर्फ ६७ करोड ९० लाख रुपैयाँ विनियोजन भएको छ ।
पूर्वाधारतर्फ विनियोजन भएको बजेट यस्तो छ :
दशरथ रंगशालाको बाटो, गेट निर्माण र अन्य मर्मत : ३ करोड च्यासल फूटबल रंगशाला निर्माण : १० करोड प्रशासनिक कार्यालय भवन निर्माण दशरथ रंगशाला परिसर त्रिपुरेश्वर : ६ करोड ५० लाख हिटिङ सिस्टम सहितको स्वीमिङ पुल निर्माण, सातदोबाटो : ५ करोड दशरथ रंगशालामा भिआइपी प्याराफीटमा छाना र कुर्सी राख्न : १० करोड मूलपानी क्रिकेट एकेडेमी निर्माण : १० करोड कीर्तिपुर क्रिकेट मैदानमा स्कोरबोर्ड, भीआइपी, इन्डोर कार्पेट, फिटनेस इक्प्यूपमेन्ट, डीपबोरिङ निर्माणलगायत : १ करोड सातदोबाटोमा स्क्वास कोर्ट निर्माण : २ करोड कराँते एकेडेमी निर्माण, सातदोबाटो : ५० लाख तेक्वान्दो एकेडेमी निर्माण, सातदोबाटो : ५० लाख कीर्तिपुर बास्केटबल कभर्डहल निर्माण : १ करोड नैकाप फूटबल मैदान निर्माण, तेह्रौ साग प्राक्टिस भेन्यू : ३५ लाख लैनचौर टीटी कर्भर्ड हल मर्मत, रंगरोगन : २५ लाख नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत संस्थाहरुको खेलस्थल मर्मत सम्भार, रंगरोगन तथा स्तरोन्नती पोखरा बहुउद्देश्यीय कभर्डहलको इन्टरनल फिनिसिङ, कुर्सी, साउण्ड सिस्टम, ल्याण्डस्केप निर्माण : ५ करोड पोखरा रंगशाला निर्माण : ५ करोड ह्याण्डबल एकेडेमी निर्माण पोखरा : ५० लाख पोखरा क्रिकेट स्टेडियम निर्माण : ३ करोड पोखरा ब्याडमिन्टन कभर्ड हल निर्माण : ५० लाख लामाचौर फूटबल स्टेडियमनमा भीआइपी प्याराफिट र चेन्जिङ रुम (प्राक्टिस भेन्यू) लनटेनिस कोर्ट निर्माण कास्की : १ करोड गौरीशंकर खेल मैदान निर्माण हेम्जा (प्राक्टिस भेन्यू) : १ करोड भलिबल खेल मैदान निर्माण पोखरा २३ बाम्दी (प्राक्टिस भेन्यू) : ५० लाख
0 notes
onlinekhabarapp · 5 years
Text
खोकीको औषधि खाँदा क्रिकेटर शा ८ महिनाका लागि निलम्बित
१५ साउन, काठमाडौं । भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ । बोर्डले भनेको छ, ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए । त्यसमा टर्बुटालाइन पाइयो, जुन प्रतिबन्धित पदार्थमा पर्छ ।’
शाले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । तर यो जानीबुझी नभई खोकीको कफ सिरपको रुपमा खाएको उनले बताएको बीसीसीआईले जनाएको छ ।
तर, कानुनअनुसार शामाथि ८ महिनाको प्रतिबन्ध लागेको छ, जुन १६ मार्च २०१९ बाट सुरु भएर १५ नोभेम्बर २०१९ मा पूरा हुनेछ । शासँगै घरेलु क्रिकेटमा खेल्ने अक्षय दुलारवर र दिव्य गजराज पनि ८ महिना निलम्बनमा परेका छन् ।
0 notes
onlinekhabarapp · 5 years
Text
जापान सुरक्षित देश कसरी बन्यो ?
२६ फागुन, काठमाडौं । जापानको प्रगतिमा क्यामरा र प्रविधिको अहम भूमिका मानिन्छ, तर यहाँका जनताको सुरक्षाका लागि प्रविधिलाई मात्रै पूरा श्रेय दिन सकिँदैन । जापानलाई सुरक्षित देश बनाएको छ- यहाँको कानुन, अपराध रोक्ने खालका नीति र शिक्षा प्रणालीले ।
सन् २०१८ मा ग्लोबल पिस इन्डेक्सको सूचीमा जापान नवौ स्थानमा रह्यो । यस सूचीको पहिलो स्थानमा आइसल्याण्ड छ । यसैगरी २८ औं स्थानमा चिली पनि समावेश भयो जुन यो सूचीमा अटाएको ल्याटिन अमेरिकाको पहिलो देश हो ।
जापानमा लागुऔषध र अपराधसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको एक रिपोर्टका अनुसार गत वर्ष जापानमा प्रति एक लाखमा ०.२८ प्रतिशतको दरले हत्याका घटना भए । ब्राजिलमा सन् २०१७ मा यो दर ३०.८ प्रतिशत थियो ।
यो तथ्यांक त पछिल्लो पटकको हो तर आरामको निद्राको पछाडिको कारण भने प्रहरीका हतियार र अपराधमा शून्य सहनशीलताको नीति हो । र, यी सबै नीति नियम तथा कानुनहरु दुई सय वर्ष पुराना हुन् ।
सामुदायिक प्रहरी
जापानमा सामुदायिक प्रहरीका पोष्टहरु छन् । उनीहरुलाई कोबेन भनिन्छ । एउटा कोबेनमा दुई-तीन जना प्रहरी रहन्छन् । उनीहरुको काम भनेको जनतालाई सुरक्षासँग सम्बन्धित जानकारी र सेवा दिनु हो ।
यदि कुनै व्यक्तिको कुनै सामान हरायो भने कोबेनमा गएर त्यसको जानकारी दिन सकिन्छ । यी प्रहरीले सामाजिक सेवाको काम गर्दछन् । पूरै जापानभर ६ हजार ६ सय कोबेन छन् ।
बन्दुकको सबैभन्दा कम प्रयोग जापानमा गरिन्छ । सन् २०१७ मा जापानमा २२ अपराधमा बन्दुकको प्रयोग गरियो, जसमा तीन जनाको मृत्यु भयो । यही अवधिमा अमेरिकामा १५ हजार ६१२ जनाको मृत्यु बन्दुकबाट भएको तथ्यांक छ ।
शिक्षाको महत्व 
जापानमा अपराध कम हुनुको पछाडिको अर्को कारण शिक्षा व्यवस्था हो । जापानमा ब्राजिलियन स्कुलकी डाइरेक्टर मयूमी यूमोर भन्छिन्, ‘यहाँ बच्चाहरुलाई सानैदेखि के कुरा सिकाइन्छ भने जुन उनीहरुको होइन, त्यो आफूसँग राख्नु अपराध हो ।’
यूमोरको स्कुल जासोमा छ । उनका अनुसार प्रहरीले विद्यार्थीहरुलाई धेरै प्रकारका कार्यक्रममा निम्तो गर्दछ । प्रहरीले फुटबल खेलमार्फत् पनि विद्यार्थीहरुलाई लागुऔषधबारे जानकारी दिन्छन् ।
जापानमा रक्सी सेवन गरेर साइकलसमेत चलाउन पाइँदैन । रक्सी पिएर साइकल चलाएको पाइएमा जरिवाना र कैद दुवै सजायँ हुन्छ । जापानमा साइकल चलाउँदा हेडफोन लगाउन, छाता ओढ्न र मोबाइल फोन प्रयोग गर्न पनि बर्जित छ ।
जापानका नागरिकहरुले यस्ता कानुनी व्यवस्थालाई पालना गर्दछन् र देशलाई राम्रो बनाउन योगदान गर्दछन् ।
धेरैजसो घरमा राखिएका पसलमा एक स्टिकर लगाइएको हुन्छ जसमा लेखिएको हुन्छ- कोडोमो ११० ब्यान्ड इन द ले । जसको अर्थ हुन्छ जुन बच्चा खतरामा हुन्छ, त्यसले यो ठाउँलाई शेल्टरको रुपमा प्रयोग गर्न सक्छ ।
यसका साथै प्राथमिक शिक्षाको सुरुवाती ६ वर्षसम्म विद्यार्थीहरुले आफूसँग एक अलार्म बोक्छन् र कुनै खतरा महसुस भएमा त्यसलाई बजाउँछन् ।
जापानमा सडक प्रयोगको कानुन पनि कडा छ । गाडी दुर्घटनामा संलग्नलाई कडा सजायँ दिइन्छ ।
सन् १९७० मा एउटा निकै कडा कानुन बनाइयो तर सन् १९७० मै कारहरुको संख्या यति धेरै बढ्यो कि दुर्घटनाबाट १६ हजार ७६५ जनाको ज्यान गयो । यसैको कारण जापानमा कडा दण्डनीय कानुन लागु गरियो ताकि यी नियम कानुनको पालनाबाट सडक दुर्घटना कम होस् । जापानमा मादक पदार्थ सेवन गरेर गाडी चलाएमा जेल सजाय हुन्छ ।
जापानमा हतियार किन्न पनि मुस्किल हुन्छ । हतियार किन्नु परेमा संयम भएर लामो समयसम्म प्रतिक्षा गर्नुपर्छ । यसका लागि एक दिनको कोर्स लिनुपर्छ । जसमा हतियार किन्न चाहने व्यक्तिले परीक्षा दिनुपर्छ । र, दोस्रो चरणमा निशाना लगाउन सक्नुपर्छ । यो कोर्समा जुन व्यक्तिले ९५ प्रतिशत सही जवाफ दिन्छ, उसले मात्रै हतियार राख्ने अनुमति पाउँछ ।
यति मात्र होइन त्यो व्यक्तिको मनोवैज्ञानिक र एन्टी डोपिङ टेस्ट पनि गराइन्छ । प्रहरीले बन्दुक खरिद गर्नेहरुको रेकर्ड जाँच गर्दछ र अन्तिम स्वीकृति दिन्छ ।
– बीबीसीबाट
0 notes
onlinekhabarapp · 7 years
Text
डर्भीलाई ज्यान मार्ने धम्की
८ चैत, काठमाडौं । लेस्टर सिटीका स्ट्राइकर जेमी डर्भीलाई ज्यान मार्ने धम्की आएको छ ।
प्रशिक्षक रेनेरीले बर्खास्त भएपछि आफू र आफ्नो परिवारलाई धम्की आएको भर्डीले बताए । ३० वषर्ीय स्ट्राइकरमाथि इटालियन प्रशिक्षक रेनेरीलाई बस्र्खास्त गर्न क्लबमा गलत र हानिकारक प्रभाव जमाएको आरोप लगाउँदै ज्यान मार्ने धम्की आएको हो ।
लेस्टरलाई पि्रमियर लिग जिताएको ९ महिनापछि फेब्रुअरीमा रेनेरी बर्खास्त भएका थिए ।
यो डरलाग्दो छ, भर्डीले भनेका छन् । सेभिल्लासँगको खेलपछि मिटिङमा आफू संलग्न भएको स्टोरी आफूले पढ्को भन्दै उनले भने, वास्तवमा म एन्टी डोपिङ टेष्टका लागि तीन घन्टा बसेको थिएँ ।’
उनले अघि भने, जब स्टोरी आयो, मानिसहरुले त्यसलाई पत्याएर धम्की दिएका छन् ।’
0 notes
onlinekhabarapp · 7 years
Text
आन्द्रे रसेलमाथि लाग्यो एक वर्षे प्रतिवन्ध
१९ माघ, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर आद्रे रसेलमाथि एक वर्षे प्रतिवन्ध लागेको छ ।
डोपिङ टेष्टमा लगातार तीन पटक अनुपस्थित भएपछि उनी कारबाहीमा परेका हुन् । टेष्टका लागि उनलाई जमैका एन्टी डोपिङ कमिसनले फोन कल गर्नुका साथै इमेल र लिखित पत्र समेत पठाइएको थियो ।
तर, २०१५ को जनवरी १, जलाई १ र जुलाई २५ मा डोपिङ टेष्टका लागि उपस्थित भएनन् ।
त्यही कारण उनीमाथि प्रतिवन्ध लागेको छ । मंगलबारदेखि लागू भएको प्रतिवन्ध २०१८ जनवरी ३० सम्म कायम रहनेछ ।
प्रतिवन्धविरुद्ध अपील गर्नेसहितका सबै विकल्पमा छलफल भइरहेको रसेलका वकिलले बताएका छन् ।
यो प्रतिवन्धको पहिलो असर फेब्रअरीमा हुने पाकिस्तान सुपर लिथ र अप्रिलमा हुने आईपीएलमा उनी देखिने छैनन् । उनले २०१६ मा वेष्ट इण्डिजबाट टी-२० विश्वकप जितेका थिए ।
0 notes