Tumgik
amarchand · 3 years
Text
सानोभेरी गाउँपालिका, रुकुम (पश्चिम) नेपाल
Tumblr media
सानोभेरी गाउँ पालिका निर्देशांक अनुसार २८.२९N र ८२.१६E मा रहेको छ।
यस सानोभेरी गाउँपालिका क्षेत्रको टाइम जोन +५:४५ ( नेपाल टाइम) रहेको छ।यस क्षेत्रको यारिय फोन कोड नं + ९७७ - ८८ हो।
नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्‍चिम) जिल्लामा अवस्थित सानीभेरी गाँउपालिका हो । रुकुम जिल्लाको प्रसिद्ध सानीभेरी नदीबाट यस गाँउपालिकाको नाम रहन गएको हो।जैविक विविधता र पहाडहरुले घेरेको सानीभेरी गाँउपालिकामा साविक गा.वि.स. हरु सिम्ली, गरायला, अर्मा, दुली (१, २, ३, ७, ८ र ९) र पुर्तिमकाँडा (१, २, ३, ६, ७ र ८) भु-भाग ओगेटेर बनेको यस गाँउपालिकाको कुल क्षेत्रफल १३३.८ वर्ग किलोमिटर रहेको र जसको केन्द्र सिम्लीमा रहेको छ । जम्मा ११ वडाहरुमा विभाजन गरिएको यस गाँउपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाँउपालिका, पश्‍चिममा जाजरकोट जिल्ला,उत्तरमा आठविसकोट नगरपालिका र दक्षिणमा चौरजाहारी नगरपालिका र त्रिवेणा गाउँपालिका रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ । विविधतापूर्ण जातीय पहिचान रहेको यस गाँउपालिकाको कुल जनसंख्या २२,१९४ र मतदाता संख्या ११,२६६ छ । निर्वाचन पश्‍चात जनप्रतिनिधिहरुको पदबहाली पहिलो पटक २०७४ जेष्ठमा सम्पन्‍न भई, सम्पूर्ण वडा कार्यालयहरु अस्थायी रुममा स्थापना भएर जनप्रतिनिधिद्धारा प्रभावकारी सेवा प्रवाह कार्य भईरहेको छ।
प्राकिर्तिक रुपमा सुन्दर हरियाली डाडाकाडाले घेरिएको खोलाले सिर्चित खाधान्न उत्पादनमा आत्मनिर्भर समसितोसं हाबापानी, तामा, फलाम, सिसा, इस्लेट ढुंगा आदि खानीले पर्सिध विभिन्न जात-जति तथा जनजातिहरुको बसोबास भएको किर्षी, पशुपालन, व्यापार, सोदेशी तथा बैदेशिक रोजगार संलग्न बेक्तिहरु भएको रुकुम जिल्लाको एक गाउँ पालिका हो।
सानोभेरी गाउँपालिका क्षेत्र पर्यटकीय द्रिस्तिकोटले महोत्योपुर्ण मानिन्छ | यस क्षेत्र अन्तर्गत पालिका को मध्य केन्द्र बिंदु मा रहेको छरे खोलाको झराणा, यस पालिकाको दक्षिण तर्फ रहेको मालिका लेख जो समुन्द्री सतहदेखि २१०० मिटर को अग्लो डाँडो, त्यसको साथमा कालिका मालिका माई भगवती मन्दिर, कलियुगमा लोप भएको दह, आधुनिक पानी घट्ट, सानो भेरी को किनार ,छाल, सानो भेरी र ठूलो भेरी को दोभान, भेरी नदीको मनोहर दृश्य, कागज आदि को सम्प्रधन गरि आन्तरिक एबम बाहिरी पर्यटको बिकाश गर्न सक्ने देखिन्छ |
यस क्षेत्रमा उपलबथ छ प्राकृतिक र मानविय स्रोत र साधनको प्रयोग र प्रचारप्रसार हुन सकेको छैन | यीनिहरुलाई ब्यवस्थित गरि अधिकतम परिचालान गर्न सक्ने हो भने सानोभेरी गाउँपालिका चिनारी दिने अरु नया आधार र प्रतिकहरु बन्न सक्दछन् | यसबाट पालिकाको समग्र बिकाशका लागि प्रसस्त सम्भावना छन् र यस्तर्फ अझई पालिका बासीहरुको धयान पुग्न सकेको छैन | भोलिकालागी समेत कुनै ठोस योजना रहेको छैन| यहा उल्लेख गरिएका सम्भावनाहरु पालिकाको स्थलगत अबलोकन र पालिका बासीहरुको आफ्नो जीवन निर्वाह गर्न र गुणस्तर व़ीदि गर्न उपयोग गर्दै आएको ज्ञान र स्रोतमा आधारित छ |
विकाशका पूवाधारहरु
आधुनिक विकाशका मुख्य तिनओटा पूवाधारहरु देखीयका छन् | तिनीहरु प्राकृतिक स्रोत, मानविय स्रोत, र चल पुजी हुन् | प्राकृतिक स्रोत अन्तर्गत प्रकृतिमा पाईने जमिन, वन, पानी, खानी र खनिज पदार्थ लगाएतका वस्तुहरु पर्दछन् | मानविय स्रोत अन्तर्गत प्राकृतिक वस्तुहरुलाई अन्य कुनै औजार वा उपकरणको सहयेताले उपयोगमा ल्यई उतपादन गर्न सक्ने सिपमुलक जसक्ति पर्दछ | प्राकृतिक स्रोत र प्रविधि उपकरण खरिद गर्न सक्ने साधान पूजी हो | यी तिनवटा वस्तुहरुको संयोजन बाट उत्पदान हुन्छ | यसरी उत्पदान बाट मानव जीवनको गुणस्तर व़ीदि गर्ने प्रयास गरिन्छ | संसारभरका समाजहरुमा उत्पादन प्रणाली लाई तिन कुराहरुमा निर्धारण गरेको हुन्छन |
यस सानोभेरी गाउँपालिका क्षेत्रको विकासका लागि चल्पुजी र प्रकृतिक स्रो�� प्रसस्त छ | यसको परिचालनको लागि सीपयुक्त जनसक्ति र प्रविधिको व्यवस्था र परचालन गर्नु पालिकाको सम्भावना भित्रको चुनौती हो | यसका लागि पालिका मा नै प्राविधिक जनसक्ति तयार गर्नु पर्दछ | मानविय स्रोतलाई उपलब्ध स्रोतहरुको उपयोग गरि आफ्नो व्यवसाय संचालन गर्न आत्मजागरण तालिमको व्यवस्था गर्नु पर्दछ | स्वदेशको व्यवसाय अत्यन्तै सानो भएपनि आत्मनिर्भर हुन्छ भन्ने धारणा बिकाश गर्नु आवस्यक छ |
यस गाउँ पालिका छेत्रमा उपलब्ध स्रोतहरु र तिनीहरुको परिचालनको सम्भावना:
भौगोलिक बनावटका हिसाबले सानोभेरी गाउँपालिका क्षेत्रको बनावट पहाड अन्तर्गत पर्दछ | पूण पहाडी क्षेत्र भएर पनि यसको संरचना लेक र बेसी मिलेर बनेको छ | माथिल्लो भागलाई लेक भनिन्छ | यो हावापानीको हिसावमा कहे कम तप्कर्म हुने र हिउदमा धेरै चिसो हुन्च र कहीलेकाइ हिउ पनि पर्दछ | तापक्रम केहि बडी भएको जमिन खेत र खोलाको तिर नजिक पर्ने तल्लो भागलाई बेसी भनिन्छ | यस क्षेत्रमा तुलानात्मक रुपले बढी उबजनी हुन्छ र बलि केहि छिटो पाक्ने हुदा बर्समा तीन पटक बालि लगाउन सकिन्छ | यी दुवै क्षेत्र को प्राकृतिक बनावट पनि भिन्न छ | यिनीहरुलाई यसरी चर्चा गर्न सकिन्छ |
क) पशुपालन: सानोभेरी गाउँपालिका क्षेत्रको कृषिमा अत्यन्तै उर्वर छ | विभिन्न खोलाले सिचाई गर्ने अधिकाम्स क्षेत्र मा वर्सको तीनपटक कृशीजन्य वस्तु उत्पादन हुन्छ | गल्कोट क्षेत्रको लेक संग वन क्षेत्र जोडिएको हुदा पशुपालनको अत्यधिक सम्भावना छ | गाइ, भैसी, बाख्रापालन लाई प्राथामीक दिएर व्यवसाय गर्ने हो भने हरेक किसानको कृषि उत्पादन बढ्नुको साथै दुध र मासुबाट राम्रो अम्धानी गर्न सक्छन | बाख्रापालन बाट पनि कृषकले उचित आम्दानी गर्न सक्छन |
ख) स्लेट खानी: सयौ वर्स देखि चल्दै आएको प्रसिध यस पालिका भित्र को स्लेट (ढुंगा ) खानी अहीले पनि व्यस्थित हुन सकेको छैन | घरगोठ छाउन प्रयोग हुने स्लेट आजकल सहरमा मार्बलको रुपमा प्रयोग हुन थालेको छ | पहिले पहिले स्लेट उपलव्ध गराउदै आएको पूर्तिमा कडा १,६ पर्ने खानी अहीले पनि निरन्तर छ |
ग) फलामखानी , सिसखानी र अन्य खानी: समय समएमा हामीले सुन्ने गरिन्छ हाम्रा पुर्खाहरु यस पालिका छेत्रका विभिन्न ठाउहरुमा विभिन्न खानीहरु खनेर धातुहरु उत्पादन गरेका थिए | त्यसैले कुनै सिसखानी त कुनै पाण्डबखानीको नामबाट चिनिने भए| यसकारण बिगतमा खनिएका यस्ता खानीहरूको खोज गरि खनिज वस्तुको खानी विकाश गर्नु हामी सबै गाउँ पालिका बासी खुसि को कुरा हो | आफु संगै भएको स्रोत खोजि नगरी हामी अरुको स्रोत अत्यन्तै महँगोमा खरिद गरिरहेको अवस्थामा छ | यसका लागि सानो भेरी गाउँपालिका बसीकै पहल आवस्यक छ |
घ) जडिबुटी: यस पालिका क्षेत्रको सबै गा.वि.स. हरुको माथिल्लो भाग(लेक) वनसंग जोडिएको छ | हरेक वनमा कुनै न कुनै जडिबुटी उपलब्ध छ | पालिका को मालिका लेख चद्नाको लागि मात्र नभई विभिन्न किसिमका जडिबुटी संकलनका लागि पनि महत्वपुर्ण मानिदै आएको छ | यसलाई आधूनिक प्राविधिको सहायताले प्रसोधन गर्न सक्ने हो भने आयुवेदिक औसधि निर्माणका साथै यस पालिका को राम्रो आम्दानी को स्रोत बन्न सक्दछ| अहीले केही गैरसरकारी सस्था यस किसिमको जडिबुटी व्यवस्थापनमा लागेका छन् |
न) फलफुल खेति: मौसमको हिसाबमा सबै किसिमको हावापानी पाईने भएकाले सानो भेरी गाउँपालिका क्षेत्रमा भिन्न भिन्न लेक तर्फ स्याउ फल्न सक्दछ भने बीचमा सुन्तला, नासपाती, आरु, पलम, कागती, भोगटे जस्ता उत्पादन भएको छ | बेसी तर्फ नासपाती, अम्बा, रुख कटर, भुई कटर , सुन्तला, आप , लीची उत्पादन हुने गरेको छ | पानी प्रसस्त भएको क्षेत्र भएकाले फलफुल व्यवसाय फ्स्ताउना सक्दछ |
च) जलविधुत: सानोभेरी गाउँपालिका क्षेत्रका अधिकाम्स गा.वि.स. को गाउमा साना ठुला खोलाहरु छन् | तिनै खोलाबाट मेक्रोह्य्द्रो विकाश गरिएको छ | कतिपय गाउहरुमा पानी मिलबाट विधुत निकालीएको छ । साकचा खोलाबाट विधुत निकाल्ने हो भने केंद्रिये लायीमा योगदान गर्न सकिन्छ| गाउँपालिका को सबै क्षेत्रको पानीको उपयोग योजना बनाउने हो भने यसबाट गाउँपालिका क्षेत्रलाई ठुलो आम्दानी हुन्छ | वास्तवमा साक्चा खोलको उपयोग लगाएत यसको सिर देखि पुचार सम्म कही कतै खेर नगई उपयोग भए यो खोला देसको नमुना हुन सक्छ |
छ) पर्यटन व्यवसाय: पक्र्या बाट मालिका लेख जाने र छैन बगर देखि मालिका लगाएत पहाडी क्षेत्रहरु पर्यटकिय हिसाबले महत्पूर्ण छन् | यिनीहरुलाई ट्रेकिंग रूटको व्यवस्थापन गरि प्रयटन व्यवसाय संचालन गर्न गन्तव्य लाई केन्द्रित गरि प्रायटकिय
केन्द्र समेत बनाउन सकिन्छ |
यसैगरी रुकुम जिल्लाको पश्चिममा पर्ने सानोभेरी गाउँपालिका भित्रका केही विषय वस्तुलाई चित्रण गर्नुभन्दा पूर्व यस गाउँपालिका लाई चिनाउनु सान्दर्भिक देखिन्छ |
✍️ अमर चन्द।
सानो भेरी गाउँपालिका, १ रुकुम पश्चिम
नेपाल
0 notes
amarchand · 3 years
Text
Tumblr media
0 notes
amarchand · 3 years
Text
नेपालको मन्त्रालय हरु निम्न छन्:
Tumblr media
१,अर्थ मन्त्रालय
२,ऊर्जा मन्त्रालय
३,गृह मन्त्रालय
४,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
५,परराष्ट्र मन्त्रालय
६,कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
७,उद्योग मन्त्रालय
८,कृषि विकास मन्त्रालय
९,भूमिसुधार तथा व्यवस्था मन्त्रालय
१०,महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
११,युवा तथा खेलकुद मन्त्रालय
१२,रक्षा मन्त्रालय
१३,वन तथा भू-संरक्षण मन्त्रालय
१४,वाणिज्य तथा आपूर्ति मन्त्रालय
१५,विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
१६,शान्ति तथा पुनर्निर्माण मन्त्रालय
१७,शिक्षा मन्त्रालय
१८,श्रम तथा रोजगार मन्त्रालय
१९,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
२०,सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
२१,सहकारी तथा गरिबी निवारण मन्त्रालय
२२,सहरी विकास मन्त्रालय
२३,सामान्य प्रशासन मन्त्रालय
२४,सिँचाइ मन्त्रालय
२५,सूचना तथा सञ्चार प्रविधि मन्त्रालय
२६,स्वास्थ्य तथा जनसङ्ख्या
हाल नेपालमा २६ ओटा मन्त्रालय रहेका छन।
1 note · View note